मोदी, पुटिन र सी जीङपीङबीच भेटवार्ता

काठमाडौँ । चीनको तियानजिन शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमाका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जीङपीङबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री मोदीले भेटका तस्वीर सार्बजनिक गर्दै तियाजिनमा भेटघाट जारी रहेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका लगभग सबैदेशमा कर लगाएर आफूप्रति नकारात्मक धारणा बनाइरहेका बेला विश्वकै ठुला तिन देशका राष्ट्र र सरकार प्रमुखको यो भेटलाई अर्थपूर्ण रुपमा विश्लेषण गरिएको छ ।

एससिओ शिखर सम्मेलनमा आज प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *