एनएमबि बैंकले श्री अमर जैन विद्यालयमा स्कुल ब्याग र वाटर डिस्पेन्सर हस्तान्तरण

काठमाडौं । एनएमबि बैंकले सर्लाहीको लालबन्दी–५ स्थित श्री अमर जैन विद्यालयमा स्कुल ब्याग र वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ । शिक्षा क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गर्दै बैंकले शिक्षालाई दिगो विकासको आधारशिला मान्ने प्रतिबद्धता व्यक्त गर्यो । यस पहलले विद्यालयको शैक्षिक वातावरणलाई सुदृढ बनाउनुका साथै विद्यार्थीहरूलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि लालबन्दी वडा नं ५ का वडाध्यक्ष रामप्रसाद ढुंगेलले एनएमबि बैंकको पहलको प्रशंसा गर्दै यस्ता कार्यहरूले समाजमा सकारात्मक प्रभाव पार्ने बताए । सोही अवसरमा बैंकका मधेश प्रदेश प्रमुख दीपेन्द्र कुमार मिश्र र लालबन्दी शाखा प्रबन्धक अरुण आचार्यको विशेष उपस्थिति थियो । उनीहरूले बैंकले भविष्यमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा स्थानीय सरोकारवालाको उल्लेख्य सहभागितामा सम्पन्न कार्यक्रममा सहभागी सबैले बैंकको सामाजिक उत्तरदायित्वप्रति सराहना व्यक्त गरेका थिए । हाल एनएमबि बैंकले २०२ शाखा, १८७ एटिएम र ९ एक्स्टेन्सन काउन्टरमार्फत सेवा सञ्चालन गरिरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *