नेपाल एसबिआई बैंक इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२५ मा तीन प्रतिष्ठित अवार्डद्वारा सम्मानित
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडलाई इण्डियन च्याम्बर अफ कमर्शले बैंक तथा वित्तीय संस्थाहरुलाई प्रदान गरिने तेस्रो इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२५ मा तीन प्रतिष्ठित अवार्डद्वारा सम्मानित गरेको छ । बैंकले बेस्ट परफरमेन्स अन रिक्स म्यानेजमेन्ट, बेस्ट बैंक, र बेस्ट परफरमेन्स अन एसेट क्वालिटी विधामा पुरस्कार प्राप्त गरेको हो । भारतको नयाँ दिल्लीमा आयोजित उक्त कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले अवार्डहरू ग्रहण गरे ।
यी सम्मानहरूले बैंकको जोखिम व्यवस्थापन, सञ्चालन उत्कृष्टता तथा सम्पत्तिको गुणस्तर कायम राख्ने प्रतिबद्धतालाई थप पुष्टि गरेको बैंकले जनाएको छ । नेपाल एसबिआई बैंकले विगत ३२ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखा रहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा विस्तार गरिएको छ ।