मिचेल स्टार्कले लिए टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
काठमाडौं । अस्ट्रेलियाका स्टार पेस बलर मिचेल स्टार्कले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । उनले अब टेस्ट र एकदिवसीय क्रिकेटमा मात्र ध्यान दिने बताएका छन्।
३५ वर्षीय स्टार्कले सन् २०१२ मा पाकिस्तानविरुद्ध डेब्यु गरेका थिए । ६५ खेलमा उनले ७९ विकेट लिँदै अष्ट्रेलियाको दोस्रो सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । स्टार्क पाँच टी-२० विश्वकपमा खेलेका थिए र सन् २०२१ मा दुबईमा भएको प्रतियोगितामा अस्ट्रेलियालाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।
उनी आगामी टेस्ट सिरिजहरू, विशेष गरी भारत भ्रमण तथा एशेज र सन् २०२७ को एकदिवसीय विश्वकपमा ध्यान दिन चाहन्छन् । साथै, आईपीएल र अन्य घरेलु प्रतियोगितामा पनि खेल्ने योजना छ ।