नागरिकता विधेयक राष्ट्रियसभाबाट पठाएको संशोधन प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत

काठमाडौं । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि राष्ट्रियसभाबाट आएको संशोधन प्रतिनिधिसभाबाट बहुमतले स्वीकृत गरेको छ । सभाको बुधबारको बैठकले राष्ट्रियसभाबाट आएको संशोधनलाई बहुमतले स्वीकृत गरेको हो । यसअघि सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

छलफल सहभागी हुँदै सांसदहरूले विधेयक पास भएपछि नागरिकता प्राप्तिका क्रममा नागरिकले भोग्नुपरेका विद्यमान समस्याहरू हटेर जाने विश्वास व्यक्त गरे । आमाको नामबाट नागरिकता पाउने व्यवस्थाले पहिचान नभएका तथा बाबुले असहयोग गरेका सन्तानलाई राहत मिल्ने उनीहरूको विश्वास छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *