प्रभु बैंकलाई ‘नेपालको उत्कृष्ट डिजिटल एसएमइ बैंक उपाधि

काठमाडौं । प्रभु बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित युरोनोमि एक्सीलेन्स अर्वाड २०२५ प्राप्त गरेको छ । यस पुरस्कार अन्तर्गत प्रभु बैंकलाई नेपाल बेस्ट डिजिटल बैंक फर एसएमइको रुपमा सम्मानित गरिएको हो । यस उपलब्धिले प्रभु बैंकले साना तथा मझौला उद्यमीहरूलाई डिजिटल सेवामार्फत प्रदान गर्दै आएको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त भएको पुष्टि गरेको छ ।

यसअघि पनि प्रभु बैंकले बैंक अफ द इयर २०२३ जस्ता महत्वपूर्ण पुरस्कारहरू जितिसकेको छ । बैंकले ग्राहकमैत्री डिजिटल सेवा, सहज पहुँच र व्यवसायिक पारदर्शिताका कारण निरन्तर यस्ता अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *