अब नेपालमा कुन कुन सामाजिक सञ्जाल चल्छ ?
काठमाडौं । सरकारले सूचीकरण नभएका सामाजिक सञ्जालहरू आजैदेखि बन्द गर्ने निर्णय गरेको छ । लामो समयदेखि बन्द हुने हल्ला फैलीरहेका बेला अब भने बन्द गर्ने भएको हो ।
अब सामाजिक सञ्जालहरु बन्द हुने भएपछि धेरैले कुन-कुन बन्द हुने र कुन चल्ने भन्ने बारेमा थाहा पाएका छैनन् तर यदि सरकारले आज सामाजिक सञ्जाल बन्द गरेपनि नेपालमा केही सामाजिक सञ्जाल प्रयोग गर्न पाइने छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार हालसम्म नेपालमा व्यापक चलिरहेको टिकटक, भाइबर, निम्बज, वीटक र ओपोलाइभ गरी पाँच वटा सामाजिक सञ्जाल सूचीकरण छन् । यदि सरकारले सूचीकरण नभएका सामाजिक सञ्जालहरू बन्द गरे र आजबाट अरु सामाजिक सञ्जाल नचलेपनि यी सञ्जाल भने चल्नेछन् ।
आज सञ्चार मन्त्रीसहितको बैठकले फेसबुकलगायत सूचीकरण नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयले सर्वोच्च अदालतको आदेश पालन गर्दै सूचीकरणका लागि नआएका प्लेटफर्मलाई नेपालभर प्रयोग गर्न रोक लगाइने विज्ञप्तिमार्फत जानकारी दिएको छ । नेपालमा सूचीकृत नभएका र अब बन्द हुने सामाजिक सञ्जाल यी हुन
– फेसबुक
– म्यासेन्जर
– इन्स्टाग्राम
– युट्युब
– ह्वाट्सएप
– ट्वीटर (एक्स)
– इमो
– जालो
– सोल
– हाम्रो पात्रो
– लिंक्ड इन
– स्न्याप च्याट
– रेडिट
– डिस्कर्ड
– पिन्ट्रेस्ट
– सिग्नल
– थ्रेड
– वी च्याट
– कोरा
– सम्ब्लर
– क्लब हाउस
– मास्टर डन
– रम्बल
– मि वी
– मि भिके
– लाइन