आईजीपी खापुङलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव गोकर्णमणि दुवाडीले खापुङलाई फुली लगाइदिए।

गत शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले खापुङलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो। खापुङ प्रहरीको ३२ औँ आईजीपी बन्न सफल भए । आईजीपी थापा भदौ १८ गतेदेखि अवकाशमा गएपछि उनले जिम्मेवारी पाएका छन्। तेह्रथुममा जन्मेका खापुङ २०५२ सालमा नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए। कार्यक्रममा खापुङले व्यवसायीक मूल्याङ्कन गर्दै आईजीपी नियुक्त गरेकोमा सरकारलाई धन्यवाद दिँदै इमान्दारिताका साथ कर्तव्य पालना गर्ने बताए।

उनले तीन दशकको सकसपूर्ण संघर्ष गर्दै प्रहरीको सर्वोच्च पदमा पुग्न पाएको बताए। खापुङले कुनै घटना विशेषको रुपमा प्रहरीको आलोचना हुने गरी पनि त्यसलाई सुझावको रुपमा लिनुपर्ने धारणा राखे।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *