माओवादी केन्द्रले सरकारविरुद्ध सडक संघर्षको तयारी थाल्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध सडक संघर्षको तयारी थाल्ने निर्णय गरेको छ ।

वर्षायाम र चाडबाड सकिएपछि सडक संघर्ष सुरु गर्ने गरी तयारी गरेको हो । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘सरकारले जनताका मागहरू सम्बोधन गरेको पनि छैन । सुशासनको मामला कमजोर भएको छ, भ्रष्टाचार झन्झन् बढेको छ । यस परिस्थितिमा अहिले वर्षा पनि छ र चाडबाड पनि चाँडै आउँदै छ । अब सडक संघर्षको तयारी गर्नुपर्छ ।’ प्रवक्ता सापकोटाका अनुसार बैठकले मध्यपहाडी लोकमार्गमा २१ भदौदेखि पार्टीको अभियान पुनः सुरु गर्ने निर्णय समेत गरेको छ ।

पार्टीको अनुशासन, गुट-उपगुट अन्त्य गर्ने लगायतका विषयमा पनि छलफल भएको तर निर्णय नभएको उनले बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *