राति अबेर र बिहान सबेरै प्रेसर कुकरमा सिट्ठी नलगाई खाना पकाउन अनुरोध
काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले उपत्यकावासीलाई ध्वनि, धुवाँ र फोहर प्रदूषणमुक्त वातावरण कायम गर्न सहयोग गर्न अपिल गरेको छ ।
प्रहरीले जारी गरेको सार्वजनिक सूचनामा राति अबेर र बिहान सबेरै प्रेसर कुकरमा सिट्ठी नलगाई खाना पकाउन अनुरोध गरिएको छ । सूचनामा बिहान नृत्य वा व्यायाम गर्दा अनावश्यक खोक्ने वा खकार्ने कार्य नगर्न र मोटरसाइकल वा अन्य सवारी साधन बिहानै स्टार्ट गर्दा ठूलो आवाज ननिकाल्न आग्रह गरिएको छ ।
यदि सवारी साधनबाट ठूलो आवाज निस्कने भए छिमेकभन्दा पर लगेर स्टार्ट गर्न प्रहरीले सुझाएको छ । यो अभियानमार्फत प्रहरीले शान्त र स्वच्छ वातावरण कायम गर्न सबैको सहयोगको अपेक्षा गरेको छ ।
