रास्वपा नेता बदन भण्डारी कुटिए
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का केन्द्रिय सार्वजनिक मामिला विभाग सचिव बदन भण्डारीमाथि अज्ञात समूहबाट राती घर फर्किने क्रममा आक्रमण भएको छ ।
कपनस्थित प्रगति चोकमा मोटरसाइकलमा आएका तीन जनाको समूहको रड प्रहारबाट उनी घाईते भएका हुन् ।आक्रमणकारीले लोहो (रड) प्रहार गर्दा भण्डारीको टाउको र खुट्टामा चोट लागेको छ । घाइते भण्डारीको हाल चुच्चेपाटीस्थित स्तुपा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
भण्डारी रास्वपाको केन्द्रीय सार्वजनिक मामिला विभागका सचिव हुन् । आक्रमणको कारण र आक्रमणकारीको पहिचान खुल्न बाँकी छ।
पूराना पार्टीका गलत क्रियाकलापका बारे बोल्दा उनीमाथि यो आक्रमण भएको रास्वपाले जनाएको छ । यस बिषयमा रास्वपाले पनि आक्रमणकारीलाई पत्ता लगाएर कडा कारबाहीको लागि माग निरन्तर गरिरहने बताएको छ । बदन रास्वपाका सक्रिय नेता हुन ।