इजरायली सेनाद्वारा गाजाको ४० प्रतिशत भूभाग कब्जा गरेको दाबी

काठमाडौं । इजरायली सेनाले बिहीबार गाजा सहरको ४० प्रतिशत भूभाग कब्जा गरेको घोषणा गरेको छ । अब त्यस क्षेत्रमा पूर्ण नियन्त्रण कायम गर्न ठूलो अभियानको तयारी भइरहेको सेनाले बताएको बीबीसीले जनाएको छ । इजरायली सेनाका प्रवक्ता एवी देवरिनले एक पत्रकार सम्मेलनमा भने, आज गाजा शहरको ४० प्रतिशत भूभाग हाम्रो नियन्त्रणमा छ र अब हामी हमासको पूर्वाधार नष्ट गर्न एउटा ठूलो र शक्तिशाली अभियान सुरु गर्न गइरहेका छौँ । उनले थपे, हामी आगामी दिनहरूमा गाजा शहर र त्यसको आसपास जारी अभियानलाई अझ तीव्र पार्ने तयारीमा छौँ ।

इजरायली सेनाका प्रवक्ताले अगाडि भने, हामी हरेक ठाउँबाट हमासलाई लखेट्नेछौँ र यो अभियान त्यतिबेलासम्म समाप्त हुँदैन जबसम्म बाँकी इजरायली बन्धकहरू फिर्ता आउने छैनन् । हालैका दिनहरूमा इजरायलले गाजा सहरको आसपास आफ्ना आक्रमणहरू तीव्र पारेको छ । यसअघि, हमासले सबै बन्धकहरूलाई रिहा गर्ने प्रस्ताव राखेको थियो, तर इजरायलले त्यसलाई अस्वीकार गरिदिएको थियो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले भन्यो, यो हमासद्वारा फैलाइएको झुटो कहानी हो, जसमा कुनै पनि नयाँ कुरा छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *