नेपाल रिइन्योरेन्स कम्पनीको अध्यक्षमा पौडेल
काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षमा सुरेन्द्र कुमार पौडेल नियुक्त भएका छन् । शुक्रबार अर्थ मन्त्रीस्तरीय निर्णयले उनलाई अध्यक्ष बनाएको हो ।
पौडेल यसअघि नेपाल आयल निगमको कार्यकारी निर्देशक र उदयपुर सिमेन्टको महाप्रबन्ध रहिसकेका छन् । दुवै संस्थाको नेतृत्वमा रहेका बेला पौडेलले सुधारको कार्य गरेका थिए । खासगरी उदयपुर सिमेन्टलाई नाफामा लगेका थिए भने निगममा पूर्वाधार निर्माणलाई गति दिएका थिए ।