बेकोको साथमा ‘परम्परा खुसीयाली, ब्लिसफुल दशैं यसपाली

काठमाडौं । दशैं–तिहारको अवसरमा युरोपको होम एप्लायन्स ब्राण्ड बेकोले उपभोक्ताहरूका लागि आकर्षक अफर ल्याएको छ। यस विशेष अफर अन्तर्गत उपभोक्ताले बेकोका आधुनिक र भरपर्दो उत्पादनहरू खरिद गर्दा ४१ हजार ४०० रुपैयाँसम्मको बचतसहित पक्का उपहारहरू प्राप्त गर्न सक्नेछन् । बेकोका उत्पादनहरूमा १०० प्रतिशत पार्ट्स उपलब्धता र सेवा ग्यारेन्टी, साथै १२ वर्षको वारेन्टीको सुविधा रहेको छ ।

होम ब्लुटुथ कनेक्सन प्रविधि सहितका आधुनिक उपकरणहरूले उपभोक्ताको जीवनलाई अझ सहज र रमाइलो बनाउनेछन् । यस योजना अनर्तगत वासिङ्ग मेसिनको खरिदमा ६ के जी को एरियल, डिस वासरमा २ प्याकेट ट्याबलेट, रेफ्रिजेरेटरमा आकर्षक क्यास ब्याक र मायाडियाको फ्यान हिटर प्राप्त गर्न सक्नुहुनेछ । त्यस्तै फ्रि स्टयान्डिङ्ग ओभनमा सी जी को प्रेसर कुकर र एयर कन्डिस्नरमा भने निस्शुल्क जडानको सुबिधा पाउनुहुनेछ । यस अफरलाई सी जी इलेक्ट्रोनिक्स मार्फत नेपालभरका सि जी को शोरुम तथा अधिकृत डिलर नेटवर्कमार्फत उपलब्ध गराइएको छ । ग्राहकहरूलाई थप सहज बनाउन इ एम आइ र एक्सचेन्ज सुविधासहित विभिन्न योजनाहरू समेत लागू गरिएको छ । यो अफर यहि भाद्र १९ गते देखि नेपालभरका सबै सिजीका शोरुमहरु तथा आधिकारिक विक्रेताहरुमा उपलब्ध रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *