काठमाडौँमा जेन्जी पुस्ताले सोमबार प्रदर्शन गर्दै, दुर्गा प्रसाई पनि सहभागी हुने

काठमाडौँ । सामाजिक सञ्जाल बन्द भएको विरोधमा जेन्जी पुस्ताले सोमबार प्रदर्शन गर्दैछन् ।

भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द भएको विरोधमा जेनजी पुस्ताले काठमाडौँको माइतीघरमा प्रदर्शन गर्ने घोषणा गरेसँगै मेडिकल व्याव्सायी दुर्गा प्रसाईले पनि सो प्रदर्शनमा सहभागी हुने घोषणा गरेका छन् । दुर्गा प्रसाईले सामाजिक सञ्जालमा लेख्दै आफु आन्दोलनमा सहभागी हुने र चैत्र १५ गते जस्तो दमन नहोस् भनेका छन् । उनले भनेका छन्- ‘भ्रष्टाचारविरुद्धको यस महाअभियानमा सबै नेपाली दाजुभाई दिदीबहिनी हरुलाई धन्यबाद छ ! यो देश र नेपाली  नागरिक जोगाउने आन्दोलनमा म आफै सरिक हुनेछु, गत चैत १५ गतेको जस्तो सरकारले दमन नगरोस । ३ वर्षअघि हामीले उठाएको आवाजलाई आज फेसबुक, टिकटकदेखि सम्पूर्ण सञ्चार जगतले पुनः दोहोर्‍याएको छ, धन्यवाद सबैलाई !’

यस अघि काठमाडौँको माइतिघर मण्डला र बानेश्वर आसपासमा ८ सेक्टेम्बर अर्थात २३ भदौमा प्रर्दशन गर्ने भन्दै जेन्जी पुस्ताले सामाजिक सञ्जालहरुमा भन्दै आइरहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *