इटहरीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु

विराटनगर । इटहरीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको छ । इटहरी प्रहरीका अनुसार २५ वर्षका र अर्का ३० वर्षका दुई युवाको मृत्यु भएको छ । उनीहरुको नाम भने खुलिनसकेको प्रहरीले जनाएको छ । दोहोरो झडपका क्रममा एक जना सशस्त्र प्रहरी घाइते भएका छन् । यता काठमाडौंमा भने अहिलेसम्म १७ जनाको ज्यान गइसकेको छ ।

काठमाडौंको बानेश्वर चोकमा भएको झडपपछि प्रहरीले अन्धाधुन्ध चलाएको गोली लागेर १७ जनाको मृत्यु भएको थियो । अहिलेसम्म कम्तिमा पनि तीन सय काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत छन् । त्यसमध्ये २२ जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *