कालिन्चोक इन्भेष्टमेन्टले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट
काठमाण्डौं । कालिन्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले यसका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ। कम्पनीको जारी पूँजी ८० करोड रुपैयाँ रहेको छ। यसमध्ये ३० प्रतिशत हिस्सा सर्वसाधारणलाई आईपीओमार्फत निष्काशन गरिनेछ भने बाँकी ७० प्रतिशत रकम विभिन्न क्षेत्रमा लगानी भइसकेको कम्पनीले जनाएको छ।
हाल कम्पनीले धितोपत्र बोर्डको लगानी कम्पनी सम्बन्धी निर्देशन अनुसार पर्यटनअन्तर्गत विभिन्न केवलकार कम्पनीहरूमा, ऊर्जा क्षेत्रमा र कृषि उत्पादन क्षेत्रमा लगानी गर्दै आएको छ। आज सम्पन्न सम्झौतामा कालिन्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडका अध्यक्ष बालकृष्ण शिवाकोटी र नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन्। नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले प्राथमिक शेयर निष्काशनको प्रक्रिया अघि बढाउने जनाएको छ।