प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।

बालुवाटारमा साँझ ६ बजे बैठक बस्ने गरि बैठक बोलाइएको छ । जेनजी आन्दोलनले आज संसद भवनमा प्रवेश गरेपछि प्रहरीले गोली चलाउदा अहिलेसम्म ५ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । प्रदर्शनमा तीनजना पत्रकारलाई समेत गोली लागेको छ । घाइतेहरूको अहिले सिभिल अस्पताल, ट्रमा अस्पताल, केएमसी अस्पताललगायतका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।  

जेनजीको आन्दोलनले बन्द गरिएको सामाजिक सञ्जाल बोल्न सरकारमाथि दबाब बढेको छ भने सत्तारुढ दल नेपाली कांग्रेसले पनि सरकारलाई सामाजिक सञ्जाल सुचारु गराउन दबाब दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *