प्रहरीले हान्यो गोली, जेनजीले भन्यो-घुसपैठ भयो, घर फर्किनू

काठमाडौं । जेनजीको आन्दोलन उग्र भएपछि कर्फ्यू आदेशसँगै प्रहरीले गोली चलाएको छ । प्रदर्शनकारीले ढुंगामुढासहित संसद भवनको २ नम्बर गेटको पर्खाल भत्काएपछि प्रहरीले रबर गोली चलाएको हो । प्रदर्शनकारीलाई तितरबितर पार्न घुँडामुनि रबरको बुलेट हानिएको सुरक्षा अधिकारीले बताएका छन् ।

योसँगै जेनजीको प्रदर्शन उग्र भएपछि घुसपैठ भएको भन्दै जेनजी नेपालले प्रदर्शनकारीलाई घर फर्किन आग्रह गरेको छ । जेनजी नेपाल नामको फेसबुक पेजबाट सो आह्वान गरिएको हो । ‘कृपया तत्कालै सुरक्षित तरिकाले निस्किनुहोला । धेरै स्वार्थ प्रेरित समूहहरूले भीडलाई उत्तेजित बनाइरहेका छन् । चाँडोभन्दा चाँडो त्यहाँबाट हट्नुस् । हाम्रो आजको दिन सफल भइसकेको छ । आज सबै जना सुरक्षित तरिकाले घर जानुस्,’ पेजमा भनिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *