राष्ट्रपति र प्रधानमन्त्री निवासलगायत क्षेत्रमा पनि कर्फ्यू जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राष्ट्रपति र प्रधानमन्त्री निवासलगायतका संवेदनशील क्षेत्रमा पनि कर्फ्यू लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटार, शीतलनिवास आसपास महाराजगञ्ज क्षेत्र, उपराष्ट्रपति निवास लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर पनि कर्फ्यू थप गरेको छ । यसअघि प्रशासनले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरिसकेको छ । जेनजीले प्रदर्शन उग्र बनाएपछि कर्फ्यू आदेश जारी भएको हो ।

जेनजी प्रदर्शनकारीले बानेश्वरस्थित संसद भवन गेट नजिक आगजनी गरेका छन् । अहिलेसम्म त्यहाँ दमकल जान सकेको छैन । अहिले बानेश्वर क्षेत्रमा सेना पनि परिचालन भएको छ । भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका जेनजीले कागज, सडकमा भेटिएका रुखका हाँगाका टुक्रा, पानीका बोतलले प्रहार गरेका छन् । प्रदर्शनकारीहरूले सरकारविरुद्ध विभिन्न नाराबाजी गरिरहेका छन् । जेनजीको प्रदर्शनले सरकार दबाबमा परेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *