सिंहदरबारमा कार्यरत कर्मचारी सबै सिंहदरबारमै थुनिए

काठमाडौं । सिंहदरबारमा कार्यरत कर्मचारी सबै सिंहदरबारमै थुनिएका छन् ।

जेनजीहरुको आन्दोलनका कारण उनीहरू सिंहदरबारमै थुनिएका हुन् । सरकारको विरोधमा उत्रिएका जेनजी युवाहरूको आन्दोलन हिंसात्मक बन्दै सो क्षेत्रमा कर्फ्यु लगाइएको छ, कर्फ्यु लगाउँदा पनि तनाव शान्त हुन नसकेपछि सो क्षेत्रलाई नेपाली सेनाले नियन्त्रणमा लिएको हो ।

नेपाली सेनाले सिंहदरबारमा कार्यरत कर्मचारीहरूलाई पनि सबै तीरका गेट बन्द गरेर भित्रै थुनेको छ । आज प्रहरीको गोली प्रहार, लाठीचार्ज र भगदौडका कारण धेरै घाइते भएका थिए, जसको उपचार क्रममा लगातार मृत्यु हुनेको सङ्ख्या बढिरहेको छ । हालसम्म १७ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *