जेलबाट भागे टोपबहादुर रायमाझी
काठमाडौं । नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझी केन्द्रीय कारागार जैसीदेवल (सेन्ट्रल जेल)बाट भागेका छन् । रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेल परेका थिए ।
तर, सरकारले दमन गरेपछि मङ्गलवार उग्र बनेको जेनजी प्रदर्शनका क्रममा अराजक भिडले सेन्ट्रल जेलमा आक्रमण गर्दा करिब ३३ सय कैदीबन्दीसँगै रायमाझी पनि भागेका हुन् । सेन्ट्र्रल जेलमा रहेका ३८ सय कैदीबन्दीमध्ये अब ५०० जतिमात्र बाँकी रहेको कारागार प्रशासनले जनाएको छ ।
टोपबहादुरसँगै भागेका करिब ५० कैदीबन्दी भने कारागारमा फर्किइसकेका छन् ।