निषेधाज्ञा जारी गर्ने तयारीमा सेना, लुटपाटमा संलग्न २७ जना पक्राउ
काठमाडौं । नेपाली सेनाले देशका विभिन्न स्थानमा निषेधाज्ञ जारी गर्ने तयारी गरेको छ । मान्छे भेला हुने र लुटपाटका घटना नरोकिएपछि सेनाले निषेधाज्ञा जारी गर्ने तयारी गरेको हो । अहिले हाम्रो ध्यान परिस्थितिलाई सामान्यकरण गर्नेतर्फ केन्द्रित छ । लुटपाट, आगजनीजस्ता घटनाहरू रोक्ने प्रयास भइरहेको छ” नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले भने, हामी निषेधाज्ञा जारी गर्ने तयारी गरिरहेका छौँ । सेनाले अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन पनि अनुरोध गरेको छ । अत्यावश्यक सेवाहरू भने सुचारु हुने सेनाको भनाइ छ । अझै मान्छे जमघट हुने काम भइरहेको छ । लुटपाटका घटनामा संलग्न २७ जनालाई सेनाले नियन्त्रणमा लिइसकेको छ, सैनिक प्रवक्ता बस्नेतले भने ।