वार्ताका लागि जेनजी समूहले वार्ता समिति बनाउन छलफल

काठमाडौँ । नेपाली सेनासँग वार्ताका लागि जेनजी समूहले वार्ता समिति बनाउन छलफल गरिरहेको छ ।

जेनजी समूहका एक सदस्यका अनुसार भर्चुअल बैठकमा वार्ता टोली गठन गर्ने विषयमा छलफल भइरहेको हो । राष्ट्रपति पौडेल र नेपाली सेनाले मंगलबार साँझ छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै वार्ताका लागि आह्वान गरेका थिए ।

जेनजीहरूको बैठकले वार्तामा आफूहरूले राख्ने एजेन्डाबारे पनि कुराकानी गरिरहेका जेनजी समूहका ती सदस्यले बताए । भर्चुअल बैठकमा वार्तामा कसरी प्रस्तुत हुने, शासकीय स्वरूप कस्तो बनाउने एजेन्डा वार्तामा लैजाने, शासन अवधि कति वर्षीय हुने लगायत विषयमा छलफल भइरहेको स्रोतले बतायो ।

यसअघि प्रधानसेनापति अशोकराज सिग्देल र जेन–जी प्रतिनिधिहरूबीत राष्ट्रपतिसँग हुने वार्ताको विषयमा छलफल गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *