सभापति देउवाको स्वास्थ्य अवस्था खतरामुक्त

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ ।

उनको सुरक्षित स्थानमा राखेर उपचार भइरहेको समेत स्रोतले जनाएको छ । हिजो मंगलबार जेनजी प्रदर्शनकारीहरूले बुढानीलकण्ठस्थित निवासमा प्रवेश गरेर देउवा दम्पतीमाथि आक्रमण गरेका थिए । आक्रमणमा परेका देउवालाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । सामाजिक सञ्जालमार्फत बाहिरिएको भिडियोमा देउवाको शरीर रगताम्मे देखिन्छ ।

सुरुमा उनलाई छाउनीस्थित सैनिक अस्पतालमा लगिएको सैनिक अधिकारीहरू बताउँछन् । त्यसपछि अन्यत्र सुरक्षित ठाउँमा राखेर उपचार भइरहेको सैनिक स्रोतले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *