सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर सेवा प्रवाह गर्न सहकारी महासंघको आग्रह
काठमाण्डौं । राष्ट्रिय सहकारी महासंघले सुरक्षालाई पहिलो प्राथामिकतामा राखेर सेवा प्रदान गर्न आग्रह गरेको छ । महासंघले आज एक विज्ञप्ति जारी गर्दै सहकारी सदस्य,सहकारीकर्मी तथा कर्मचारीहरुको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर सेवा प्रवाह गर्न आग्रह गरेको हो । जोखिमपूर्ण अवस्था सृजना भएमा कार्यालय तथा कर्मचारीको जनधनको सुरक्षालाई सर्वोपरी मान्दै आवश्यक निर्णय लिन समेत महासंघले आग्रह गरेको छ । महासंघले अहिलेको सवेदनशील घडीमा वार्ता र संवादमार्फत् शान्तिपूर्ण समाधान खोज्न समेत अनुरोध गरेको छ । महासंघकी अध्यक्ष ओमदेवी मल्लले सामाजिक एकता र सद्भाव नेपालीको विशिष्ट विशेषता भएको भन्दै यस्तो विषयम परिस्थितिमा सहकारी क्षेत्रले दृढ विश्वासका साथ धैर्य र जिम्मेवार भूमिका निर्वाह गर्न समेत आग्रह गरेकी छिन् ।
