सेनाले बरामद गर्‍यो ९७ नाल हतियार

काठमाडौं । नेपाली सेनाले काभ्रेपलान्चोकको बनेपा नगरपालिका–९ स्थित नयाँ बस्तीमा फेला परेको आठवटा सकेट बमलाई बिहीबार डिस्पोज बनाएको छ । त्यसैगरी, काठमाडौंको सुन्धरास्थित केन्द्रीय कारागारबाट भागेका चार कैदीबन्दीहरू र डोटीको दिपायल सिलगढीस्थित बाल सुधार गृहबाट भागेका तीन बालबन्दीलाई सेनाले नियन्त्रणमा लिएको छ । धादिङको गजुरीमा रहेको कारागारबाट भागेका ३९ कैदीहरू र बाँकेको डडुवास्थित जयन्दु बालसुधार गृहबाट फरार भएका १६ बालबन्दीलाई पनि सेनाले नियन्त्रणमा लिएको छ ।

बाँकेको नेपालगञ्जस्थित जिल्ला कारागारमा होहल्ला तथा आगजनी गरी बाहिर निस्कन खोजेका कैदीबन्दीहरूलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ । सो क्रममा एकजना कैदी घाइते भएका छन् । ललितपुरको भैँसेपाटी इलाकामा रहेको स्थानीय प्रहरी चौकी स्थानीय व्यक्तिहरूद्वारा सरसफाइ गरी कार्यरत प्रहरीहरूलाई स्वागत गरेको सेनाले जनाएको छ । सेनाले जेनजी प्रदर्शनमा सुरक्षाकर्मीबाट लुटिएकामध्ये हालसम्म विभिन्न स्थानहरूबाट ९७ नाल हतियार बरामद भएको जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *