हिल्टन होटलको बीमा दावी परेपछि दि ओरियन्टल इन्स्योरेन्स कम्पनी अप्ठेरो अवस्थामा
काठमाडौं । भारतीय बीमा कम्पनी दि ओरियन्टल इन्स्योरेन्सले अबको केही बर्षहरु अप्ठेरो अवस्थाबाट गुज्रनुपर्ने देखिएको छ । जेनजी आन्दोलनको क्रममा आगोलागीबाट ध्वस्त भएको नक्सालस्थित होटल हिलटनको बीमा दावी दि ओरेन्टल इन्स्यारेन्समा पर्ने भएको छ । यसअघि नेपाल इन्स्योरेन्समा रहेको सो होटलको बीमा ओरेन्टल इन्स्योरेन्स कम्पनीमा सारिएको थियो । करिब आठ अर्ब लगानी रहेको होटल हिल्टन पूर्ण रुपमा क्षति पुगेको छ । होटल हिलटनले छ अर्ब रुपैयाँ भन्दा बढि बैंकबाट ऋण समेत लिएको देखिन्छ । होटल हिलटनको कम्तीमा पनि छ अर्बको बीमा गरिएको र सो बीमाको दावी भारतीय बीमा कम्पनी दि ओरियन्टलमा पर्ने भएको छ ।
दि ओरियन्टल इन्स्योरेन्स कम्पनी चुक्ता पुँजि बिना नै सञ्चालित कम्पनी हो । नियामक नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुलाई साढे दुई अर्ब रुपैयाँ चुक्ता पुँजि अनिवार्य गरेपनि नेपालमा तीन वटा विदेशी कम्पनीले चुक्ता पुँजि बिना नै बीमाको कारोबार गर्दै आएका छन् । दि ओरियन्टल इन्स्योरेन्स कम्पनीको स्पेशल रिजर्भ फण्डमा एक अर्ब ६९ करोड मात्रै संचित रहेको छ । कम्पनी यसअघि जलविद्युत कम्पनीमा ठूलो मात्रामा घाटामा गएकोले हिलटन होटल समेतको घाटा थपिँदा ब्यालेन्स अफ पेमेन्टको समेत समस्या पर्न सक्ने देखिएको छ । बीमा प्राधिकरणका एक अधिकारीले भने चुक्ता पुँजिको विषय भारतस्थित दिन ओरियन्टल कम्पनी नै जिम्मेवारी हुने र चलाउन नसकेको अवस्थामा विशेष निर्णय गर्ने प्रतिक्रिया दिएका छन् ।