जेनजी आन्दोलनका मृतकको शव परिवारलाई बुझाउन सुरु
काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको शव पोस्टमार्टम सम्पन्न भएपछि परिवारलाई हस्तान्तरण गर्न थालिएको छ ।
महाराजगञ्ज मेडिकल क्याम्पसमा परीक्षण पूरा भएका शव सम्बन्धित परिवारलाई क्रमशः बुझाइँदैछन्। प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार देशभरि भएको जेनजी प्रदर्शनमा हालसम्म ५१ जनाको मृत्यु भएको पुष्टि भएको छ। डीआईजी घिमिरेका अनुसार प्रहरीसँगको प्रत्यक्ष झडपमा २१ जना प्रदर्शनकारीको ज्यान गएका छन्। महाराजगञ्ज प्रहरी वृत्तका २ जना र कोटेश्वर प्रभागका १ जना प्रहरी ड्युटीकै क्रममा ज्यान गुमाएका छन्। आगजनी, भागदौड र करेन्ट लागेर १८ जनाको मृत्यु भएको छ।
सरकारले मृत्यु भएका सबैलाई आवश्यक सम्मानका साथ परिवारलाई जिम्मा दिने तयारी गरेको जनाएको छ।