सुशीला कार्कीको अन्तरिम मन्त्रिपरिषद्मा कोको बन्दै छन् मन्त्री ?
काठमाडौं । सुशीला कार्कीको अन्तरिम मन्त्रिपरिषदमा केही मन्त्रीलाई पनि सपथ दिलाउने तयारी भइरहेको छ । कार्की मन्त्रिपरिषद्मा जेन्जी, राष्ट्रपति वार्तामा भूमिका निर्वाह गरेका अधिवक्ता ओमप्रकाश अर्याल, जेनजी प्रतिनिधि सुदन गुरुङ मन्त्री बन्ने चर्चा छ । त्यस्तै कुलमान घिसिङसहितका गैरराजनीतिक व्यक्तिलाई मन्त्री बनाउने तयारी भइरहेको छ। अहिले शीतलनिवासमा सुरक्षा निकायका प्रमुखहरू, उच्च प्रशासक यतिबेला शीतल निवास प्रवेश गरिसकेका छन् । राष्ट्रपतिका सल्लाहकार किरण पोखरेलले सपथको तयारी भइरहेको बताएका छन्। शपथ ग्रहण गराउने क्रममा मन्त्रीहरु बन्ने अवस्था नभए यो प्रक्रिया केही ढीला हुन सक्ने बताइएको छ ।