प्रधानमन्त्री शुशिला कार्कीलाई मोरङ उद्योग वाणिज्य संघले दियो बधाई

काठमाडौं । नेपालकी पहिलो महिला प्रधानमन्त्री शुशिला कार्कीलाई मोरङ उद्योग वाणिज्य संघले बधाई दिएको छ । कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको अवसरमा मोरङ उद्योग वाणिज्य संघका अध्यक्ष अनुपम राठीले बधाईसहित शुभकामना व्यक्त गरेका छन् । राठीले जारी गरेको शुभकामना सन्देशमा नयाँ नेतृत्वले सुशासन, वाक स्वतन्त्रता, स्वदेशमै मर्यादित रोजगारी, राजस्वको सदुपयोग तथा भ्रष्टाचारमुक्त राष्ट्र निर्माण गर्ने विश्वास व्यक्त गरिएको छ । सन्देशमा अगाडि भनिएको छ, उहाँको नेतृत्वमा उद्यम–व्यवसाय निर्वाध सञ्चालन गर्न आवश्यक शान्ति सुरक्षा सहितको वातावरण निर्माण हुनेछ भन्ने अपेक्षा राखेका छौँ । राठीले कार्कीको कार्यकालले मुलुकको मुहार फेरिने विश्वास समेत व्यक्त गरेका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *