जेनजी आन्दोलनमा शहीद भएकाहरूको राष्ट्रिय शोक मनाउने निर्णय

काठमाडौं । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनमा शहीद भएकाहरूको राष्ट्रिय शोक मनाउने निर्णय गरेका छन् । 

गृहमन्त्री अर्यालले पदभार ग्रहण गर्दै पहिलो निर्णय जेनजी आन्दोलनमा शहीद भएकाहरूको राष्ट्रिय शोक मनाउने र  उनीहरूको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेका हुन् ।  शोक दिवस कुन दिन मनाउने भन्ने मन्त्रीपरिषदले निर्णय लिने उनले बताए । त्यस्तै गृहमन्त्री अर्यालले दोस्रो निर्णय आन्दोलनमा मृतक परिवारलाई एक-एक  लाखका दरले किरिया खर्च दिने निर्णय पनि गरेका छन् । 

त्यस्तै उनले तेस्रो निर्णय शवहरू व्यवस्थापनका लागि सरकारले नि:शुल्क सवारीसाधन उपलब्ध गराउने र विकट ठाउँमा हेलिकप्टरबाट पुर्‍याउने निर्णय पनि गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *