स्वेच्छा सहकारीको १५ औं साधारण सभा सम्पन्न, विभिन्न विधामा सदस्यलाई सम्मान

काभ्रे । पाँचखाल ४ मा रहेको स्वेच्छा बचत तथा ऋण सहकारी संस्थाको १५ औं साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ओमकार श्रेष्ठको अध्यक्षता तथा काभ्रे जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष उदयराम कायस्थको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । सभा बोल्दै प्रमुख अतिथि कायस्थले कतिपय संस्थाका सञ्चालकहरुले बढी ऋण लिइएको र समयमा ऋण नर्तिदा समस्या आएको बताए । उनले विना धितो ऋण लगानी र लेखा सुपरीवेक्षण समितिको निस्कृयताले पनि ती संस्थामा समस्या आएको उल्लेख गरे । स्वेच्छा सहकारीले सदस्यहरुलाई पहिलो प्राथमिकतामा राखेर सेवा दिएको र लेखा समिति पनि सकृय भएका कारण संस्था सुरक्षित भएको उनले बताए । उनले बचत संघले सहकारीका समस्यालाई समाधान गर्न नगरपालिकासँग समन्वय गरेर काम गरेको जानकारी दिए । सभामा संस्थाका अध्यक्ष श्रेष्ठले सहकारी मार्फत् सदस्यहरुको आर्थिक तथा सामाजिक परिवर्तन ल्याउने उदेश्यले २०६७ सालमा संस्था सुरु गरिएको बताए । संस्थाले आफ्नो कार्यक्षेत्र भित्रका सदस्यहरुलाई नियमित बचत गर्ने वानीको विकास गरी उद्यमशीलतामा जोडेर लगेको समेत उनले जानकारी दिए । संस्थाले आफ्नो क्षमता अनुसार सदस्यहरुमाझ ऋण परिचालन गरी उनीहरुको आयआर्जन वृद्धिमा टेवा पु¥याएको उनको भनाई छ । केहि सहकारीले गरेको वित्तीय अपचलनका कारण सहकारी क्षेत्रमा विश्वास घटे पनि संस्था भने मुल्य, मान्यता र सिद्धान्तमा आधारित भएर सञ्चालन भएकाले ढुक्क भएर नियमित कारोबार गर्न सदस्यहरुलाई आग्रह गरे । संस्थाले सदस्यहरुको सन्तुष्टी र गुणस्तरीय सेवा प्रदानलाई पहिलो प्राथमिकतामा राखेको समेत सभामा उल्लेख गरे । संस्थाका सचिव गणेश दनुवारले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै स्वास्थ्य शिविर,सदस्य अन्तरक्रिया तथा वनभोज,स्वेच्छा स्नातक छात्रवृति वितरण तथा खाद्यान्न वितरण जस्ता कार्यक्रम गरेको बताए ।

उनले यस आर्थिक बर्षमा स्थानीय तहसँगको समन्वयमा युवा, महिला तथा बालबालिका लक्षित कार्यक्रम सञ्चालन गरिने, सदस्यता वृद्धि गर्ने,सहकारी पुस्तकालय स्थापना गर्ने, सम्मान तथा पुरस्कारलाई निरन्तरता दिने बताए । संस्थाका कोषाध्यक्ष सुनिल सापकोटाले आर्थिक बर्ष २०८१।८२ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर पुँजी १ करोड ४३ लाख, बचत संकलन १५ करोड ९५ लाख र ऋण लगानी १९ करोड ७८ लाख भएको बताए । उनले गत आ.ब.मा २५ लाख २० हजार खुद बचत गरेको र सदस्यहरुलाई १० प्रतिशत लाभांश वितरण गरिने सभामा जानकारी दिए । लेखा सुपरीवेक्षण समितिको तर्फबाट संयोजक रञ्जित बोहोराले समितिको प्रतिवेदन प्रस्तुत गर्दै सञ्चालक समिति र कर्मचारीहरुको क्षमता विकास तालिम प्रदान गर्न सुझाए । संस्थाका व्यवस्थापक सन्तोष नापितले संस्थाले फरक पहिचान बनाउन सकेको भन्दै यस क्षेत्रमा रहेका सहकारी मध्ये संस्थाप्रति सदस्यको विश्वास बढेर गएको बताए । २७ जना व्यक्ति मिलेर संस्था दर्ता गरेको र ५३ जना सदस्यबाट कारोबार थालिएको संस्थामा १ हजार ३ सय माथि सदस्य आवद्ध भइ नियमित रुपमा वित्तीय कारोबार गर्दै आएको उनले जानकारी दिए । संस्थाले सदस्यहरुलाई सहज रुपमा वित्तीय सेवा दिन मोबाइल बैकिङ्ग,युटिलिटी पेमेन्ट,पोस सर्भिस र एसएमएस सर्भिस जस्ता सेवा प्रदान गर्दै आएको उनले बताए । साधारण सभामा जेष्ठ नागरिक,निय नियमित बचतकर्ता, असल ऋणी,सफल युवा व्यवसायी, अधिकतम शेयर खरिदकर्ता,उत्कृष्ट कर्मचारी र एसईई परिक्षामा उत्कृट अंक ल्याउने विद्यार्थी रबालबचत कर्ताहरुलाई नगद सहित सम्मान गरिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *