जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

आन्दोलनमा मृत्यु भएकाहरुलाई सहिद घोषणा गर्ने र राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णयअनुसार मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । आन्दोलनमा ज्यान गुमाएकामध्ये आज चारजनाको पशुपति आर्यघाटमा अन्तिम बिदाइ गरिएको हो ।

गृहमन्त्री ओमप्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए भने सुरक्षा निकायले सलामी दिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *