प्रचण्डद्वारा पार्टी केन्द्रीय कार्यालय अवलोकन

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सार्वजनिक भएका छन् । उनले आज बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाको अवस्था अवलोकन गरेका छन् ।

आन्दोलन हिंसात्मक बनेपछि प्रचण्डसहितका नेताहरुलाई नेपाली सेनाले ब्यारेकमा सुरक्षा दिएर राखेको थियो । जेनजी युवा आन्दोलनको क्रममा माओवादी केन्द्रीय कार्यालयमा आगजनी भएको थियो । हिजो नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि पार्टी कार्यालय अवलोकन गरेका थिए ।

अहिले माओवादी कार्यकर्ताहरुले पार्टी कार्यालय सरसफाइ गरिरहेका छन् । जेनजीहरुले भदौँ २३ मा गरेको आन्दोलनलाई सरकारीपक्षले दवाउने प्रयास गर्दा १९ जनाको मृत्यु भएको थियो । त्यसपछि २४ भदौँमा एकाएक प्रर्दशन हिसांत्मक बन्दा धेरै नेताहरुको भागाभाग र पार्टी कार्यालय साथै घरहरु जलेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *