सहिदहरूलाई अन्तिम बिदाइ गर्न ऊर्जामन्त्री र गृहमन्त्री पशुपति आर्यघाटमा

काठमाडौँ । जेनजी आन्दोलनमा सहिद भएकाहरूलाई अन्तिम बिदाइ गर्न ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओम प्रकाश अर्याल पशुपति आर्यघाट पुगेका छन् ।

सहिदलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न पशुपति लगिएको हो । यसअघि, त्रिवि शिक्षण अस्पतालबाट १० जना सहिदको पार्थिव शरीर नगर परिक्रमासहित एयरपोर्ट र पशुपति लैजानको लागि शव यात्रा निकालिएको थियो ।

यी १० पार्थिव शरीरमध्ये ४ जनाको अन्त्येष्टि पशुपतिमा गरिनेछ बताइएको छ भने बाँकिको आफ्नै जन्म स्थानमा लगिनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *