राष्ट्रिय सहकारी बैंकद्वारा वृहत रक्तदान कार्यक्रम
काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेड र लायन्स क्लब अफ काठमाण्डौ सि’को संयुक्त आयोजनामा बिहीबार वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईका अनुसार केही दिनअघि ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकालाई सहयोग पुर्याउने र आउँदो चाडपर्वका समयमा अस्पतालहरूमा रगत अभाव नहोस् भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। ललितपुरको पुल्चोकस्थित बैंकको केन्द्रीय कार्यालय परिसरमा भएको कार्यक्रममा बैंकको केन्द्रीय तथा शाखा कार्यालयका कर्मचारीसहित ५९ जनाले रक्तदान गरेका थिए।