पार्टी नेताबाट १० रुपैँया सहयोग उठाएर पार्टी कार्यालय पुनःनिर्माण गर्छौं- कांग्रेस उपसभापति गुरुङ

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले ‘जेनजी’ प्रदर्शनका क्रममा क्षतिग्रस्त भएको पार्टी केन्द्रीय कार्यालयको पुनर्निर्माणका लागि नेता तथा कार्यकर्ताहरूबाट प्रति व्यक्ति कम्तीमा १० रुपैयाँ सहयोग सङ्कलन अभियान चलाउनुपर्ने बताएका छन्।

पार्टी कार्यालयको अवस्था बुझ्न पुगेका उपसभापति गुरुङले अब सबै कार्यकर्ताको अपनत्व हुने गरी कार्यालयको पुनर्निर्माण गर्न सकिने धारणा राखे। उनले देशभरका नेता तथा कार्यकर्ताहरूबाट सहयोग सङ्कलन अभियानमा जुट्न पनि आह्वान गरे। उपसभापति गुरुङले पार्टी अब महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरूले दिएको सुझावअनुसार अगाडि बढ्नुपर्ने बताए। उनले २०४६ सालयता लाभको पदमा पुगेका नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्ने आफ्नो पुरानो मागलाई पुनः स्मरण गर्दै त्यसो गरिएको भए अहिलेको अवस्था सिर्जना नहुने दाबी गरे।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *