आभाष साकोसद्वारा शैक्षिक सामाग्री वितरण
आभाष बचत तथा ऋण सहकारी संस्थाले शैक्षिक सामाग्री वितरण गरेको छ। संस्थाले राष्ट्रिय बाल दिवसको अवसरमा प्रत्येक वर्ष आभाष साकोसमा आवद्ध बाल चतकर्ताहरुलाई शैक्षिक सामाग्री वितरण गर्दै आएको छ । यस वर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिँदै हिजोदेखि कार्यक्रमको सुरुवात गरेको संस्थाले जनाएको छ । संस्थाले बाल बचतकर्ताहरुको संस्था भएको बचत तथा अन्य कार्यक्रमहरुमा सहभागिताको आधारमा शैक्षिक सामाग्री वितरण गर्दै आएको छ । समुदायमा आधारित उक्त संस्थाले सदस्यहरुको हितको लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।