सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सोमबार (असोज ६) तोलामा ७०० रुपैयाँले बढेर हालम्मकै उच्च विन्दुमा पुगेको छ । यस दिन सुनको मूल्य तोलाको दुई लाख १७ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको भदौ ३१ गते सुनको मूल्य तोलाको दुई लाख १७ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।

त्यो यसअघिको उच्च मूल्य थियो । आइतबार (असोज ५) पनि सुन प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा खरिद–बिक्री भएको थियो । चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ । चाँदी प्रतितोला दुई हजार ६६० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला दुई हजार ६२० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य एकैदिन तोलामा ४० रुपैयाँले बढेको महासंघले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *