डा.भट्टराईले छाडे नेसपा अध्यक्ष, सोबलाई आयोजक कमिटीको जिम्मेवारी
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष पद छाडेका छन् । बुधबार (असोज ८) बसेको केन्द्रीय समिति बैठकमा अध्यक्षको जिम्मेवारीबाट अलग भएका नेता रोशन पोखरेलले जानकारी दिए । पहिल्लो विकसित राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै जिम्मेवारीबाट अलग हुने घोषणा गर्नुभयो, पोखरेलले भने । दुर्गा सोबको संयोजकत्वमा महाधिवेशन आयोजक कमिटी पनि बनाइएको छ । ६ महिनाभित्र महाधिवेशन गरिने जनाइएको छ ।