कात्तिक ३० सम्म मतदाता नामावली संकलन गर्ने आयोगको निर्णय
काठमाडौं । निर्वाचन आयोगले आउँदो कात्तिक मसान्त (कात्तिक ३०)सम्म मतदाता नामावली संकलन र अद्यावधिक गर्ने निर्णय गरेको छ । बिहीबार (असोज ९) बसेको आयोग बैठकबाट कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने निर्णय गरिएको हो । कार्तिक मसान्तसम्म मतादाता नामावली संकलन गर्ने निर्णय भएको छ ।
आउँदो फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउनेछन्, कार्यवहाक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने । निर्वाचन घोषणापछि मतदाता नामावली संकलन रोकिने व्यवस्था सरकारले अध्यादेशमार्फत परिमार्जन गरेपछि आयोगले नयाँ निर्णय गरेको हो । आउँदो फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन तोकिएको छ ।