स्वास्थ्य क्षेत्रको ज्ञान भएको रामजीकुमार श्रेष्ठलाई स्वास्थ्य मन्त्री बनाउन एकजुट हुन आग्रह
काठमाण्डौं । देशको जनचाहना, विशेषगरी जेनजी पुस्ताको आवाज अनुसार, प्रबल र कुशल जन–समाजसेवी, स्पष्ट प्रवक्ता तथा निडर व्यक्तित्व स्वास्थ्य क्षेत्रको ज्ञान भएको रामजीकुमार श्रेष्ठलाई स्वास्थ्य मन्त्री बनाउन एकजुट हुन आग्रह गरिएको छ। श्रेष्ठले विगत लामो समयदेखि जनसेवा, सामाजिक कार्य र स्वास्थ्य क्षेत्रमा देखाएको समर्पणले नयाँ पुस्तालाई प्रेरित गरेको छ।
ईमानदार नेतृत्व, पारदर्शी नीति तथा कार्यक्षम व्यवस्थापन मार्फत नयाँ नेपाल निर्माणमा उहाँको भूमिका अपरिहार्य हुने विश्वास गरिएको छ। यसै कारण,जेनजी पुस्ताले उहाँलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी प्रदान गर्न माग गर्दै देशको नेतृत्वलाई ध्यानाकर्षण गराएको छ ।
















