गरिमा क्यापिटलको अध्यक्षमा रेग्मी

काठमाडौं । गरिमा क्यापिटलको अध्यक्षमा अनिल रेग्मी निर्वाचित भएका छन् । १० औं साधारणसभाबाट सञ्चालक निर्वाचित भएका रेग्मीलाई बोर्डको पहिलो बैठकले अध्यक्ष चयन गरेको हो । संस्थापक सेयर सदस्यहरूबाट रेग्मीसहित सुरेशकुमार श्रेष्ठ, शेरबहादुर बुढाथोकी र सुनिल कार्की निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । साधारणसभालाई सम्बोधन गर्दै गरिमा विकास बैंकका संस्थापक अध्यक्ष जलेश्वर पाण्डेले गरिमा क्यापिटलको विगत स्मरण गराउँदै क्यापिटल यहाँसम्म ल्याउन अहिलेको टिमको ठूलो भूमिका रहेको उल्लेख गरे । गरिमा विकास बैंकका अध्यक्ष दिलिप प्रताप खाणले नेपालको परिवेश अनुसार गरिमा ग्रुप चलेको हुँदा यस ग्रुपबाट संचालन भएका सबै व्यवसायहरू प्रगतिको बाटोमा गएको धारणा राखे । क्यापिटलका निर्वाचन अध्यक्ष दीपक पाण्डेले आफूले आठ वर्षसम्म संस्थालाई नेतृत्व गर्दा भोगेका भोगाइहरू सेयर गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *