चौधरी ग्रुपले कर्मचारीलाई ननिकाल्ने, तलब र बोनस नकटाउने
काठमाडौं । चौधरी ग्रुपले कर्मचारीहरूलाई जागिरबाट ननिकाल्ने भएको छ भने तलब र बोनससमेत नकटाउने भएको छ । भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा प्रदर्शनकारीले तोडफोड, लुटपाट र आगजनी गर्दा चौधरी समूह (सीजी) अन्तर्गतका उद्योग–व्यवसायमा क्षति पुगेको थियो । चौधरी समूहले आगजनी र तोडफोडमा ५ अर्ब बराबरको क्षति भएको जनाएको छ । सतुङ्गलस्थित इलेक्ट्रोनिक्स कारखाना र गोदाममा आगजनी गरी भवन, मेसिनरी, उपकरण, मौज्दात र सवारीसाधन पूरै जलेर नष्ट भएका छन् । सोही स्थानमा रहेको एलजी नेटको सर्वर र डाटा सेन्टरमा पनि क्षति पुर्याइएको छ । एलजी मोटर्सको थापाथलीस्थित शोरुम र दरबारमार्गको मोबाइल सर्भिस सेन्टरमा समेत तोडफोड र आगजनी गरिएको छ । चौधरी समूहको अध्यक्ष विनोद चौधरीको सतुङलमा रहेको इलेक्ट्रोनिक्सको कारखाना र गोदाममा आगजनी पश्चात भवन, मेसिनरी, यन्त्र उपकरण, व्यवसायिक मौज्दात, सवारी साधन पूर्ण रुपमा क्षति भएको थियो । सोहि स्थानमा रहेको सिजी नेटको सर्भर टथा डाटा सेन्टरमा क्षति पुगेको थियो । यस्तै थापाथलीस्थित सिजी मोटर्सको शोरुम तथा हरिसिद्धिमा रहेको सर्भिस सेन्टरमा समेत तोडफोड र आगजनी भएको थियो ।
बाँसबारीमा पार्किङ गरिएको ६ वटा गाडीमा समेत आगजनी भएको विवरणमा उल्लेख छ । चौधरी समूहका अध्यक्ष विनोद चौधरीको रवीभवनस्थित निजी निवास, बर्दघाटमा रहेको निवास तथा कार्यालयमा तोडफोड र आगजनी भएको थियो । रवीभवन, बिशालनगरलगायतका स्थानमा रहेका इलेक्ट्रोनिक्स सामानका शोरुमका साथै चितवनको भरतपुरको सिजी ल्याण्डमार्क व्यवसायिक भवन तथा पसल, जोरपाटीस्थित सिजी एजुकेशनको द चाँदबाग स्कूलमा तोडफोड, आगजनी र लुटपाट भएको थियो । सतुङ्गलको इलेक्ट्रोनिक्स डिभिजनमा मात्र प्रत्यक्ष रुपमा १ हजारभन्दा बढीले रोजगारी पाइरहेका थिए । चौधरी समूहले यस्तो बिषम परिस्थितिमा पनि कर्मचारीलाई जागिरबाट निष्काशन नगर्ने र तलब भत्तासमेत कटौती नगर्ने जनाएको छ । समूहले यस घटनालाई केवल आफ्नै व्यापारिक क्षति नभई सम्पूर्ण व्यवसायिक समुदायमाथिको आक्रमणको रूपमा लिएको छ। यसले नेपालमा लगानीको वातावरण कमजोर बनाउने, विदेशी लगानी रोक्ने र बेरोजगारी समस्या अझ बढाउने चेतावनी दिँदै तत्काल सरकारलाई ठोस कदम चाल्न आग्रह गरेको छ ।