सगुन सहकारी संस्थाको २६ औं साधारण सभा सम्पन्न

सर्लाहीको हरिवनमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाको २६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । ‘उत्कृष्ट ब्यवसायीक दिगो वित्तीय संस्था’ भन्ने नाराका साथ सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै आएको उक्त संस्थाले सहकारी नियमन प्राधिकरणको साधारण सभा सम्बन्धी निर्देशनको पालना गर्दै सभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष केशवप्रसाद ढकालको अध्यक्षतामा संस्थाकी जेष्ठ सदस्य गंगादेवि दाहालको प्रमुख आतिथ्यतमा सभा सम्पन्न भएको हो । प्रमुख अतिथि दाहालले पानसमा दिप प्रज्जलन गरि सभा उदघाट्न गरेकी थिइन् भने कार्यक्रममा कोषाध्यक्ष पदम मोक्तानले उपस्थित सबैलाई मन्तब्य सहित स्वागत गरेका थिए ।

कार्यक्रममा सचिव बिनोद कार्कीले प्रगति समिक्षा, उपाध्यक्ष राजकुमार उप्रेतीले आर्थिक बर्ष २०८२।०८३ नीति कार्यक्रम र बजेट, लेखा सुपरिवेक्ष्ण समिति संयोजकले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका प्रबन्धक रविन्द्र रानाले आ.ब.२०८१।०८२ को वित्तिय प्रतिवेदन पेश गरेकको सभामा १६ वटा एजेन्डाहरु प्रस्तुत गरि सर्वसम्मतिले पारित गरेको थियो । सबै सेवा केन्द्रहरुबाट असोज ३ गते देखि उपस्थिति दर्ता र राय सुझाव लिईएको साधारण सभाको अवसरमा प्रादेशिक रक्त संचार केन्द्र भरतपुरको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको र ५८ जना रक्तदाताले गरेको संस्थाले जनाएको छ। लेखा सुपरीवेक्षण समितिका संयोजक जय शंकर सिंहले धन्यबाद ज्ञापन गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *