मुलुकको अहिलेको अवस्था कस्तो छ ?

चङ्गालाई धागोले नियन्त्रण गर्छ, त्यो धागो नै चङ्गालाई आकाशमा उड्न सक्षम बनाउने साधन हो। धागो चुँडियो भने चङ्गा दिशाहीन हुन्छ र अन्ततः खस्छ। आज हाम्रो देश नेपाल पनि त्यस्तै अवस्थाबाट गुज्रिरहेको छ। यो देश एक पटक उच्च आकाङ्क्षाका साथ आकाशमा उडिरहेको चङ्गा झैँ थियो, तर अहिले त्यो धागो—ती बन्धनहरू जुन देशलाई एकताबद्ध बनाएर राख्नुपर्थ्यो—त्यो अवस्था हाललाई समाप्त प्राय देखिएको छ। नेपालका विविध क्षेत्रहरू सबै मिलेर यो राष्ट्रिय धागो कमजोर बुनेका कारण , जनताको विश्वास र अपेक्षा त्यो धागोले थेग्न नसक्दा । राजनीतिक अस्थिरता, भ्रष्टाचार, नेतृत्वको अभाव र सामाजिक विभाजनले त्यो धागो कमजोर मात्रै होइन कुइसकेको हुँदा हामीले देख्दा देख्दै हाम्रो देश उड्ने क्रममा बाटो हराएर दिशा हीन भएको छ। बजार र चोकहरूमा जसरी चुँडिएको चङ्गा डिस्पोजल भएर हराउँछ, त्यस्तै हाम्रो देशका प्राज्ञ, नेतृत्वकर्ता र युवाहरू दिग्भ्रमित मनस्थितिमा हालको अवस्थाले एउटा सुनौलो भविष्यवाद मुलुक टाढिँदै गएको देखिराख्या छ । यद्यपि यो मात्र अन्तिम अवस्था भने होइन ! हुनु हुँदैन ! नेपालको लागि आवश्यक छ नयाँ धागो बुन्ने ! नेपालको भविष्य शङ्ख घोटेको चङ्गा जस्तै छ । जसलाई नयाँ धागोले बाँधेर आकाशमा उच्च उडान भर्नका खातिर विविध क्षेत्रहरूमा आमूल परिवर्तन गरौँ। हामी सबैको साझा जिम्मेवारी ती धागोहरू मर्मत गर्दै एकता र समृद्धिको दिशामा अघि अघि बढौँ। नेपाल फेरी उठ्ने छ उड्नेछ चम्किनेछ । नेपालले फेरी संसारलाई शान्तिको सन्देश दिनेछ ।शक्तिशाली नेतृत्व, पारदर्शिता, एकता र नागरिक चेतना। यी नै नयाँ धागोका कडीहरू हुन् । जसले देशलाई पुनः उडान भर्न सक्षम बनाउनेछ ।
(नयाँ बानेश्वर काठमाडौँ)

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *