फिल्म माइतीघरको भिडिओ प्रतियोगीताको विजेता घोषणा

काठमाण्डौं । फूलपातीको दिनदेखि प्रदर्शनमा आएको फिल्म माइतीघरको भिडिओ प्रतियोगीताको विजेता घोषणा गरिएको छ। बुटवलका सुरज सिंजाली मगर र बुटवलको कालिकानगरमा रहेको नाश्री डान्स एकेडेमीका बालिकाहरूको समूह भिडिओ प्रतियोगीताको विजेता बनेका हुन्। दुवैले समान अंक ल्याएका कारण दुवैलाई विजेता घोषणा गरिएको निर्माणपक्षले बताएको छ। विजेतालाई ५ लाख नगद पुरस्कार दिने घोषणा यसको निर्माणपक्षले गरेको थियो। फिल्मका निर्माता रोहित अधिकारीका अनुसार, अब सुरज सिंजाली र नाश्री डान्स एकेडेमीका बालिकाहरू दुवैलाई २ लाख ५० हजार रूपैयाँ पुरस्कार दिइनेछ।

फिल्मको शीर्षक गीत बसन्त नै बस्न खोज्छ यहाँ लोलाएरु मा भिडिओ प्रतियोगीता आयोजना गरिएको थियो। विजेताहरूको भिडिओ फिल्ममा समेत समावेश गरिएको छ। यो गीतमा भिडिओ तयार पारेका हजार भन्दा बढीबाट २ जनालाई विजेता घोषणा गरिएको हो। निर्णायक कोरियोग्राफर कविराज गहतराजले विजेता छनोट गरेका हुन्। मिलन तामाङको निर्देशनमा तयार माइतीघर सोमबारदेखि प्रदर्शनको दोस्रो सातामा प्रवेश गर्दैछ। फिल्ममा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देललगायत कलाकारहरूको अभिनय छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *