आज देशभरको मौसम सफा रहने

काठमाण्ढौं । हिजोदेखि यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू भागबाट बाहिरिएको छ र हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमा महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी भू भागका एक दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै, राति कोशी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *