आज तोलामा ३ हजारले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा आज पनि सुनको भाउ बढेको छ । सातको पहिलो कारोबार दिन सुनको भाउ बढेको हो । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार रुपैयाँ तोकेको जनाएको छ ।
गत बिहीबार सुनको मूल्य अहिलेसम्मकै महँगो बनेको थियो । उक्त दिन सुन २ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँ बढेको छ । चाँदीको भाउ प्रतितोला ३ हजार १२५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी तोलाको ३ हजार ८५ रुपैयाँमा कारोबार भएको थियो ।